Friday, October 9, 2009

दशै तिमी

सबैको अनुहारमा खुसीयाली छाएको देखिन्छ बच्चादेखि बृद्धसम्म। नयाँ नयाँ कपडाहरु छुटकासाथ धमाधम विक्रिमा छन्। निकै चहलपहल छ खसीबजारदेखि सुपर मार्केट सम्म। घर आगनदेखि बसका छतछतसम्म। अहिले गाउँ घरमा जनसंख्या धेरै देखिएको छ। छन शहर बजार सुनसान। गाउँ वस्तीहरू निकै रमाइलो मानिएका छन्। तर दशै गएनौ तिमी दुःखी गरिवको मन मनमा। दशै गएनौ तिमी बागमती किनारका झुपडीमा, गरिबका झुपडीमा अनि सडक बालबालिकाका हृदयमा। खुसीयाली छाएन असपतालका शैयामा। तिनीहरुको लागि दशै भयो दशा बालबालिकालाई कसरी खुसी बनाउने दशैमा कहा पाउने नयाँ कपडा कहाँ पाउने मासु गहभरी छ आँशु आँशु मनभित्र छ पिडा बुझ्ने छैन कोहि महंगीले दालभात साँझ विहान खान पुग्दैन घरमा नयाँ कपडा लगाएर झिलिमिली अनि मकमक बासना आउँछ मिठो खाने कुराको छिमेकीको घरमा बोका कराउँछ, खसी कराउँछ राँगा कराउँछ धनिको घरमा भोक लाग्यो बच्चा कराउँछ। खाने कुरा छैन आमा कराउँछ गरिवको घरमा।। रहर इच्छा अनि सबैको मनै त हो तर दशै तिमीले गरीव र धनिबीच विभेद ल्यायौ मतभेद ल्यायौ समाजमा।। आगन जोडिएको छ मन छैन जोडिएको। हिजो सँगै खेल्ने साथीहरू आज किन टाढा टाढा सँगै खेल्ने त मन छ तर मेरो फोहोर कपडा छ नयाँ कपडा छैन।। यस्तो किन.... दशै तिमी

No comments:

Post a Comment

Your Comment Here!